माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गरिएको छ ।
विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेपछि २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार चार लाख ७४ हजार २७८ विद्यार्थीको नतिजा प्रमाणीकरण गरिएको छ ।
नतिजा ईजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने छ ।
त्यस्तै नेपाल टेलिकमबाट १६०० डायल गरेर वा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । साथै एनसेलबाट पनि १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सक्ने व्यवस्था गरिएको छ ।
साथै यी लिंकबाट पनि नतिजा हेर्न सकिने छ ।
www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com,
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48