![डाेटीमा मेयरद्वारा आफ्नै स्वकीय सचिब माथि खुकुरी प्रहार](/sites/default/files/styles/flexslider_full/public/2023-08/dgh-4-2048x1181.png?itok=2qmt0lLL)
डोटी - शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी प्रहार गरेको खुलेको छ ।
मेयर बलायरका स्वकीय सचिबको काम गर्दै आएका राजेश ठगुन्नाले आफू माथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । यश घटनाको बारेमा कुनै पनि जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताएका छन् ।
मेयर बलायरका बिरूद्धमा आधा दर्शन भन्दा बढी स्टाटस लेखेका ठगुन्नाले आफ्नो टाउकोमा चोटलागेर अस्पतालमा भर्ना भएको फोटो समेत सार्वजनिक गरेका छन् ।
घटना किन के कारणले भएको हो अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन् । केही समयदेखि बिग्रेर थन्किएको एम्बुलेन्स मर्मतको विषयलाई लिएर मेयर र उनका स्वकीय सचिव ठगुन्नाबीच विवाद भएको बताइएको छ। नाताले काका–भतिजा पर्ने उनीहरुबीच नगरपालिकाको गहनान क्षेत्रमा हात हालहाल भएको बताइएको छ।नगरपालिका स्रोतका अनुसार गाउँबाट १ जना बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजानु परेपछि एम्बुलेन्सको खोजी भएको थियो।
घटना बारेमा आफुलाइ फेसबुक मार्फत नै जानकारी प्राप्त गरेको नगरपालिकाका प्रबक्ता धिर्क सिंहले बताए ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)