बझाङका दुई बालक बेपत्ता भएका छन् । केदारस्यूँ गाउँपालिका–८ सुकानाउलाका जयभान बोहराका आन्दाजी १२ वर्षीय छोरा राहुल र ९ वर्षीय राकेश घरबाटै बेपत्ता भएका हुन् ।
मंगलवार दिउँसो घरमा कोही नभएको बेला उनीहरु बेपत्ता भएका बताइएको छ । जयभान र उनकी श्रीमती शान्ति विगत ४ वर्षदेखि रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका छन् । राहुल र राकेशलाई विद्यालय पढाउनका लागि घरमै जेठी आमा सिमचडी बोहरासँग राखिएको छ ।
जेठी आमा घरको कामले बाहिरी गएको बेला घरबाट उनीहरू बेपत्ता भएको बताइएको छ। उनीहरूलाई कसैले देखे ९७४६३२७०१९ सम्पर्क गरिदिन आग्रह गरिएको छ।
2024/05/17, 4:29
2024/05/17, 4:24
2024/05/17, 3:02
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2021/07/17, 1:28
2022/04/01, 3:21
2023/04/28, 1:32
2020/06/09, 1:34
2020/10/12, 10:53