मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित
2024/05/03, 6:41
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेशसभाको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रायोजनका लागि शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको हो ।

सभामुख भीमबहादुर भण्डारीले भने, ‘प्राविधिक कारण आजको प्रदेशसभाको बैठक हुँदैन । भोलिसम्म हुने सम्भावना देखिन्छ । जुन कारण आज प्रदेशसभाको बैठक स्थगित भएको छ ।’ 

एमाले विश्वासको मतको लागि हतारोमा बैठक आह्वान गरिएकोले तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन नसक्ने अडानमा बसेको छ । एमालेले विश्वासको मत नदिएको अवस्थामा बहुमत नपुग्ने भएपछि विश्वासको मतको लागि शुक्रबार आह्वान गरिएको बैठक स्थगित गरिएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पनि शुक्रबार विश्वासको मत नदिने स्पष्ट पारे ।

संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री सोडारीले हतारमा सल्लाह नगरेर विश्वासको मत लिन खोजेको भन्दै विश्वासको मत नदिने बताएका हुन् ।

उनले भने, ‘गठबन्धनको सरकार बनाउने कुरा हो । यहाँ हतार गर्नुपर्ने बेला छैन । बझाङको निर्वाचन भर्खर सकिएको छ । उम्मेदवारको बुवा बित्नुभएको १३ दिन पनि पुगेको छैन । किन हतार गर्नु रु’