डा. गोविन्द केसीलाई खुला पत्र– तपाईं सुदूरपश्चिमको स्वास्थ्य सुविधा विरोधी हो ?
2024/05/12, 3:35
 
crct

ढी । सत्याग्रही डा. गोविन्द केसीले आफ्नो २२ औँ अनशन सुरु गरिरहँदा सुदूरपश्चिममा उनको विरोध हुन थालेको छ । सुदूरपश्चिममा ६०० शय्याको अस्पतालसहित मेडिकल विश्वविद्यालय (शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय) बन्न नदिन केसीले अनशन सुरु गरेको भन्दै विरोध सुरु भएको हो ।

विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ले डा. केसीलाई एक खुला पत्र लेख्दै सुदूरपश्चिममा विश्वविद्यालय बन्दा तपाईंलाई के को आपत्ति भन्दै प्रश्न गरेका छन् । केसीले आफ्ना केही ग राखेका छन्, जसमा उल्लिखित केही विषय आफ्नो हितविपरीत रहेको सुदूरपश्चिमवासीको भनाइ छ ।

कैलाली गेटामा निर्मित प्रस्तावित मेडिकल कलेज भवनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा तुरुन्त सञ्चालनमा ल्याउन छाडेर कुनै उपयुक्त अध्ययन र गृहकार्यविना नै प्रचण्डले मेडिकल विश्वविद्यालय खोल्ने घोषणा गरेको भन्दै डा. केसीले उक्त घोषणाको केही महिना बित्न नपाउँदै मेडिकल विश्वविद्यालय ऐन जारी हुने अवस्थामा रहेको भनेर अहिले हल्ला पिटिएको जिकिर गरेका छन् ।

संघर्ष समितिका संयोजक पाण्डेले डा. केसीलाई सम्बोधन गर्दै पत्रमा लेखेका छन्, ‘डाक्टर साब ! यो सोचले मुलुक बन्दैन । फेरि हजुरको हिजोआजको अनशनको मूल उद्देश्य कैलालीको गेटामा मेडिकल विश्वविद्यालय हुनु हुँदैन भन्ने छ रे । नेपालमै सम्भव छैन भन्ने भन्नु हुन्छ रे । ए हजुर १ आजभन्दा ७ दशक अगाडि त्रिभुवन विश्वविद्यालय नखुलेको भए आज हाम्रो अवस्था के हुने थियो ?’

डा. केसी यसअघि कैलालीमा अनशन बस्न आउँदा सङ्घर्ष समिति र केसीबिच भनाभन भएको थियो । त्यसपछि पूर्वनिर्धारित स्थानमा अनशन नबसी उनी धनगढीको एक मन्दिरमा बसेका थिए ।

डा. केसीलाई लेखिएको पत्र

आदरभरि नमस्कार, सम्झना छ ।     

हजुरलाई सुदूरपश्चिमको कैलालीमा ६०० शय्या अस्पतालसहित मेडिकल विश्वविद्यालय (शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ) हुँदा के आपत्ति हुँदो रहेछ !

१) डा. साब ! तपाईं त्यो विषयको विज्ञ, ५८ वर्ष सरकारी  जागिर खाँदै गर्दाको अवधिमा देशभर ३ वटाभन्दा बढी स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेज बनिरहँदा सुदूरपश्चिममा एउटा पनि नहुँदा किन मौन हुनु भयो ?

२) डाक्टर साब ! आज ७७ बिघा जग्गामा झण्डै ७ अर्बको लगानीमा सम्पन्न संरचनामा सरकारले सुदूरपश्चिमलाई गरेको अन्यायको क्षतिपूर्तिसहित मन्त्रीपरिषद्वाट निर्णय गर्दै राष्ट्रिय सभाबाट पास गरेर अगाडि बढाउन खोजेको मेडिकल विश्वविद्यालयको महान अभियानलाई तपाईंको पटक–पटकको रोकावटले तपाईप्रतिको सम्मान घटाएको छ ।

३) डाक्टर साब ! कुरा ठुला गर्ने अनि सोच राजधानी वा सहर बजार केन्द्रित, तपाईंहरूजस्ता योजनाकारले गर्दा देशको समग्र विकासको गति यो दयनीय अवस्थातिर गएको हो कि जस्तो लाग्छ । जसले गर्दा तल्लो स्तरमा जीवनयापन गरिरहेका जनताले स्वास्थ्य र शिक्षाबाट वञ्चित रहनु परेको छ ।

४) तपाईं आफ्नो ठाउँमा ठिक हुनु होला तर तपाईंको पटक–पटकको जिद्दी अनशनले स्वास्थ्य क्षेत्र विश्वबजारमा उँधो गति २०औँ शताब्दीतिर लम्किरहेको जस्तो लाग्दैन ? यो आजको बजार विश्वबजार हो । आफ्नो उत्पादन विश्वमा बेच्ने हो । तर तपाईं यसको प्रत्यक्ष खिलापमा हुनुहुन्छ ।

५) हामी दुई ठुला महान देश चीन र भारतको बिचमा आफूलाई स्वास्थ्य र शिक्षामा चौगुना विकास गरेर बजारको रूपमा विकास गर्न सक्छु । तर तपाईंहरु जस्ता विद्वानहरूले गर्दा मेडिकल कलेज, नर्सिङ कलेज निजी स्तरमा खोल्न नपाउने, भएका नर्सिङ कलेज, मेडिकल कलेज बन्द गर्नुपर्ने अडानले स्वास्थ्य क्षेत्र धरापमा परेको छ ।

६)  डाक्टर साब ! यो सोचले मुलुक बन्दैन । फेरि हजुरको हिजोआजको अनशनको मूल उद्देश्य कैलालीको गेटामा मेडिकल विश्वविद्यालय हुन सक्दैन, हुनु हुँदैन भन्ने छ रे । नेपालमै सम्भव छैन भन्नुहुन्छ रे । ए हजुर ! आजभन्दा ७ दशक अगाडि त्रिभुवन विश्वविद्यालय नखुलेको भए आज हाम्रो अवस्था के हुने थियो ? विकास भविष्यलाई नजर गरेर गरिने कुरा हो, होइन र ?

७) अर्को कुरा, गेटामा मेडिकल विश्वविद्यालय बनाउँदा पैसा छैन भन्नु हुन्छ रे तपाई ! अनि राजधानीमा बनाउनुपर्छ भन्ने तर्क के सही हो ? सुदूरपश्चिममा बनाउँदा पैसा नहुने, राजधानीमा बनाउदा हुने, के कुरा हो ? यो तर्क अनुसार तपाईं सुदूरपश्चिम विरोधी मेडिकल माफियाहरूको अग्रस्थानमा रहेको पात्र हो कि ?

८) डाक्टर साब ! कृपया सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय बनाएर हामीलाई मेडिकल टुरिजमका रुपमा विकास गर्ने बाटो अवरोध नगरी दिनुहोस् । मेडिकल विश्वविद्यालय स्थापना गरेर सुपमा दर्जनौँ नर्सिङ कलेज, मेडिकल कलेज लगायत स्वास्थ्य र शिक्षामा अनुसन्धान केन्द्र खोलेर छिमेकी राष्ट्रहरूको शिक्षा र स्वास्थ्यको हव बनाउने रहर छ, अवरोध नगरी दिनुहोस् ।

तपाईँको उही, गतिलो अस्पताल नहुँदा भारतका अस्पतालहरूमा लाखौँको घरखेत बेचेर ज्यान जोगाइरहेको बिरामी लोकराज पाण्डेय ‘आगो’