धनगढी उप–महानगरपालिकाका वडा नम्बर १५ का सबै विद्यालय आजदेखि सञ्चालन भएका छन् । वडाध्यक्ष फुलराम चौधरीले आज विहान १० बजदेखि वडाका सबै सामुदायिक विद्यालय सञ्चालन भएको जानकारी दिए । चौधरीले आफ्नो वडामा ४ वटा सामुदायिक विद्यालय रहेको बताउँदै विद्यार्थीको जोरविजोर रोल नम्बरका आधारमा पठनपाठन सञ्चालन गरिएको बताए ।
स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै पठनपाठन थालिएको वडाध्यक्ष चौधरीले बताए । धनगढीका अन्य विद्यालयमा पढाई सुरु नभएका बेला वडा नम्बर १५ भने पठनपाठन सञ्चालन गरेको हो । अन्य वडाका विद्यालयले वैकल्पिक सिकाई अन्तरगत अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48