जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको आज बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
आगामी मंसिर ३ देखि पठनपाठन शुरु गर्नका लागि अभिभावकसमेतले साथ दिनुपर्ने नगर प्रमुख वीरेन्द्र खड्काले बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरेर विद्यालय चलाउनाको विकल्प नभएको नगरपालिका शिक्षा शाखा संयोजक राजेन्द्र जोशीले बताए ।
यसअघि बुंगल नगरपालिका तथा तलकोट, खप्तड र थलारा गाउँपालिकाका विद्यालय यही कात्तिक १५ गतेदेखि सञ्चालनमा आइसकेका छन् ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48