![nagarik](/sites/default/files/styles/flexslider_full/public/2021-08/1627970896_Pakrau-dang-pestol.jpg?itok=_0kap5ip)
स्वचालित (अटोमेटिक) पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। दाङ प्रहरीले पेस्तोलसहित सोमबार साँझ दुई जनालाई पक्राउ गरेको हो।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर नगरपञ्चायत बढनी–३ का २२ वर्षीय करमुल्लाह आमिर र सोही ठाउँ बढनी–८ का १९ वर्षीय राजा खान रहेका छन्। प्रहरीले उनीहरुको साथबाट सिल्भर कलरको स्वचालित पेस्तोल १ थान, त्यसको २ थान म्यागजिन, २ राउण्ड गोली र ३ थान मोबाइल बरामद गरेको छ
उनीहरुलाई गढवा गाउँपालिका–१ जुरौलीस्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
हतियार लिएर उनीहरु किन नेपाल प्रवेश गरे भन्नेबारे अहिलेसम्म यकिन हुन सकेको छैन । उनीहरु दुवैमाथि हातहतियार तथा खरखजना कसूरमा म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)