![Daeth](/sites/default/files/styles/flexslider_full/public/2021-10/durghatana_mGOgKOlwoC.jpg?itok=rTB5sm4D)
भारतमा जिप दुर्घटना हुँदा बैतडीका २ जनासहित ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका– ६ का ४८ वर्षीय मदनमोहन जोशी, खिमाली गाउँका ३९ वर्षीय दीपक अवस्थी, भारतीय सेनाका रिटार्यड ब्रिगेडियर बिनोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंह रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पिएच ०१ एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भीरबाट खसेर बुधबार दुर्घटना भएको हो। गाडी विनोदकुमार चन्द आफैँले चलाएका बताइएको छ। उनको गाउँ बुगामा कुलपूजा थियो। पूजाभन्दा अगाडि बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्णप्रयाग लगेका थिए।
स्नान गरेर कुलपूजाका लागि फर्किंदै गर्दा दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ। अवस्थी र जोशी चन्दका कुलपूजारीसमेत थिए। चन्द राती अनिँदो रहेको र गाडी चलाउदा निद्रा लागेपछि दुर्घटना भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)