नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ । विसं २०६० सालमा तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा सेनाको पृतना स्थापना भएको थियो ।
स्थापना भएको १७ वर्षमा सुदूरपश्चिम पृतना दिपायलबाट कैलालीको तेघरीमा सरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ । देशमा संघीय गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली स्थापना गरिएपछि सेनाको पृतना पनि कैलाली सारिएको हो ।
पृतना कैलाली सरेपछि कैलालीमा रहेको श्री नम्बर ५ बाहिनी अड्डा र बाहिनी मातहतका सम्पूर्ण युनिट दिपायल राजपुर आउने तयारी भएको सेनाले जनाएको छ । रासस
2024/06/17, 11:47
2024/06/16, 11:12
2024/06/14, 5:54
2024/06/14, 5:52
2024/06/14, 5:50
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2020/06/21, 7:53
2020/10/26, 7:44
2021/09/14, 3:39