![airport](/sites/default/files/styles/flexslider_full/public/2022-01/Dhangadi-airport2022-01-30-03-06-08.jpeg?itok=x3t-sunr)
बाक्लो हुस्सुका कारण धनगढी विमानस्थलमा काठमाण्डौं–धनगढी उडान प्रभावित भएको छ । हुस्सुले गर्दा भिजिबिलिटी कम भएपछि हवाई उडान हुन नसकेको हो । हुस्सुका कारण आइतबार बिहानको स्थगित भएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख रामकृष्ण भट्टले बताए । उनका अनुसार विहानको एक÷एक उडान बुद्ध र सौर्यले स्थगित गरिसकेका छन् । ‘श्री एयरलाइन्स भने दिउँसोसम्म पनि वेटिङमा छ’, प्रमुख भट्टले भने ।
धनगढी विमान स्थलमा बुद्ध, श्री एयरलाइन्सको तीन/तीन र सौर्यको एक गरी दैनिक सात वटा उडान हुने गरेको छ । यसैगरी, धनगढीबाट सुदूरपश्चिमको पहाडी जिल्लामा दैनिक चार÷पाँच वटा उडान हुने गरेको छ । अहिलेसम्म कुनै पनि उडान हुन नसकेको प्राधिकरणले जानकारी दिएको छ । साँझसम्म मौसम सफा भए उडान हुन सक्ने प्रमुख भट्टले बताए । ‘ढिलो भएको फलाइट राति १२ बजेसम्म पनि भएको उदाहरण छ’, उनले भने । ‘मौसम खुल्यो भने साँझ विमानस्थल खुल्न सक्छ ।’
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)