![ss](/sites/default/files/styles/flexslider_full/public/2022-10/Chunab.jpg?itok=nmDJn1xq)
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र अधिकांश मन्त्री टिकटविहीन बनेका छन् । २०७४ को निर्वाचनमा डोटी प्रदेशसभा ुखु बाट विजयी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट यसपटक टिकटविहीन बनेका हुन् । उनको ठाउँमा यसपटक माओवादी केन्द्रबाट उनकै स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
बझाङको प्रदेश सभा ुकु बाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका सभामुख बनेका अर्जुनबहादुर थापा यसपटक टिकटविहीन बनेका छन् । एमालेबाट चुनाव लडेका सभामुख थापाले जितेको स्थानमा यसपटक एमालेले छविलाल ओखेडालाई टिकट दिएको छ ।
प्रदेशकी उपसभाुमख निर्मला बडाल जोशी पनि यसपटक टिकटविहीन बनेकी छन् । उनी २०७४ को निर्वाचमा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी थिइन् । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री बनेका कृष्णराज सुवेदी पनि यसपटक उम्मेदवार बनेनन् । २०७४ को निर्वाचनमा कैलाली ४ को प्रदेश निर्वाचन क्षेत्र ुखु बाट उनी निर्वाचित भएका थिए । अहिले सो क्षेत्रबाट एमालेका हरिसिंह साउद उम्मेदवार बनेका छन् ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
बाजुराबाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रकाश शाह पनि यसपटक टिकटविहीन बनेका छन् । उनको स्थानमा बाजुराबाट लालबहादुर थापा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । उनले बाजुराको प्रदेश निर्वाचन क्षेत्र ख बाट चुनाव जितेका थिए । माओवादीको समानुपातिक कोटाबाट सांसद बनेकी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेकी विनीता चौधरी यसपटक माओवादीको समानुपातिक सूचीमा समेत अटाउन सकेकी छैनन् ।
सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेकी माया भट्ट पनि उम्मेदवार बनेकी छैनन् । उनलाई एमालेले बैतडीबाट समानुपातिक सांसद बनाएको थिए । अहिले उनी एकीकृत समाजवादी पार्टीमा आबद्ध छन् । सुदूरपश्चिम प्रदेश सरकारको पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले पनि यसपटक टिकट पाएकी छैनन् । उनी २०७४ मा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य बनेकी थिइन् । हाल उनी एकीकृत समाजवादी पार्टीमा आबद्ध छिन् ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री बनेका टेकबहादुर रैका पनि टिकटविहीन बनेका छन् । उनी २०७४ मा कांग्रेसको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेका थिए । प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी पनि य पटक टिकटविहीन बनेकी छन् । एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी चुनकुमारी चौधरी हाल एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् ।
सुदूरपशिचम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरा पनि यसपटक टिकटविहीन छन् । उनी एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी थिइन् । समाुनपातिक कोटाबाटै प्रदेश सभा सदस्य बनेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी अर्चना गहतराजले पनि टिकट पाएकी छैनन् । त्यसैगरी सामाजिक विकास राज्यमन्त्री बनेकी मनाकुमारी साउद पनि टिकटविहीन छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधारमन्त्री बनेकी सुशीला बुडाथोकी र आर्थिक मामिला तथा योजना राज्य मन्त्री बनेका बदलेव सोडारीले पनि टिकट पाएका छैनन् ।
![](https://khabarkunj.com/sites/default/files/2021-01/SAMAR-MEDICAL-HALL.gif)