![11](/sites/default/files/styles/flexslider_full/public/2023-12/l.jpeg?itok=-36ouY7i)
धनगढीमा आयोजित लिटल फ्लावर प्रिमियर लिग आठ औँ सस्करण अन्तरगत आजको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गरेको छ ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
फाप्ला क्रिकेट मैदानमा निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ४ विकेट लिंदै कैलाली मल्टिपलको इनिंग्स धरासायी बनाए। प्लेयर अफ द म्याच घोषित ऐरले ३ ओभरमा १ मेडन ओभर फाल्दै मात्र ४ रन खर्चिए।
अनिश अवस्थी र मान साउदले २र२ विकेट लिए। कैलालीको ब्याटिंगमा गणेश ऐरले सर्वाधिक १७ तथा पंकज चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
यस अघि टस हारेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो। धनगढीको लागि कप्तान विजय रानाले ओपनिंग ब्याटिंग गर्दै सर्वाधिक ४१ रन योगदान दिए जुन क्रममा उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
हृतिक थापाले अविजित ३७ रन बनाए जुन क्रममा ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे। निरज ऐरले १० बलमा १ चौका र २ छक्का मद्दतले २१ रन बनाए। कैलालीका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दिप कपडेलले २र२ विकेट लिए।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)