दार्चुलामा एक महिलाको शव फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित पथरानी रुक्साल खोलामा सोमबार बिहान एक महिलाको शव पाइएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ती महिलाको परिचय भने खुलेको छैन । अन्दाजी ३५ वर्षीया ती महिला भिरबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेकी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34