![ss](/sites/default/files/styles/flexslider_full/public/2024-02/fin.jpg?itok=JfEadLBK)
नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ । बाँकेको कोहलपुरमा आज भएको फाइनल खेलमा बर्दियालाई ८० रनले पराजित गर्दै कञ्चनपुरले उपाधि जितेको हो ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
टस जितेर बर्दियाले बलिङ रोजेपछि कञ्चनपुरले पहिला ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २१७ रनको योगफल तयार पारेको थियो । २१८ रनको लक्ष्य भेट्न जबाफी ब्याटिङ गरेको बर्दियाले ४ विकेटको क्षतिमा निर्धारित २० ओभर खेल्दै १३७ रन मात्र बनाउन सक्यो ।
फाइनलमा १०६ रन बनाएका कञ्चनपुरका दुर्गादत्त पौडेल प्लेयर अफ द म्याच भए । नेत्रहीन क्रिकेट प्रतियोगिताको प्लेयर अफ द सिरिज प्रतियोगिता अवधिभर ३१२ रन बनाउँदै ४ विकेट लिएका पदम बहादुर बडैला भए ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका कार्यवाहक प्रमुख लालबहादुर रानाले विजेता तथा उपविजेता खेलाडीहरूलाई शिल्ड, मेडल तथा नगद पुरस्कार वितरण गर्दै नगरपालिकाको आगामी बजेट तथा कार्यक्रममा अपाङ्गता खेलकुदका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)