तटबन्धमा स्वीकृत दररेट फरक पारी अनियमितता
2020/07/19, 2:27
 
gaurinaga

कैलालीको गौरीगंगा नगरपालिकाकाले लिक्मा नदी नियन्त्रणका लागि बनाएको तटबन्धमा स्वीकृत दररेट बढी भुक्तानी गरिएको पाईएको छ । दररेट फरक पारी लागत भन्दा अनियमितता गरेको पाईएको हो । लिक्मा नदी नियन्त्रणका लागि बनाएको तटबन्धमा स्वीकृत दररेट फरक पारी २१ लाख २७ हजार रुपैया बढी भुक्तानी दिइएको हो ।

उपभोक्ता समिति मार्फत गरिएको कामका लागि नगरपालिकाले ५६ लाख ७८ हजार भुक्तानी दिएको छ । उपभोक्ता संगंको काममा सम्झौता भएको कामको स्वीकृत दररेटमा भेरिएसन गर्न नपाइने नियम विपरित नगरपालिकाले दररेट परिवर्तन गरी उपभोक्ता समितिलाई २१ लाख २७ हजार रुपैया भुक्तानी दिएको हो ।

तटबन्धका लागि ग्याबिन तारजालीमा ढुंङ्गा भर्दा विभिन्न साईजका जाली भन्दै दररेट फरक पारिएको छ । उपभोक्ता समितिसँग काम गर्दा मुल्य अभिवृद्धि कर, ओभरहेड र श्रमदानको अंश कट्टी गरेर मात्र भुक्तानी गर्नपर्नेमा त्यसो नगरिएको र बढी भुक्तानी गरिएको २१ लाख २७ हजार रकम असुल गर्नपर्ने महालेखापरीक्षकको कार्यालयको ५७ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।