कोरोनाबाट मृत्यु हुनेको शव धनगढीको पटेला वन क्षेत्रमा व्यवस्थापन गरिने
2020/11/08, 9:26
कोरोना संक्रमणबाट मृत्यु हुनेको शव धनगढीको पटेला सामुदायिक वन क्षेत्रको खाली जमिनमा व्यवस्थापन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्तिक २० गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा पर्ने पटेला सामुदायिक वन क्षेत्र संक्रमितको शव व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
प्रशासनले बस्तीबाट अलग र खुला क्षेत्र रहेको सामुदायिक वनको उत्तरपट्टीको खाली वन क्षेत्रलाई प्रयोग गर्ने निर्णय गरिएको जनाएको छ ।उक्त विषयमा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, डिभिजन वन कार्यालय धनगढी र पटेला सामुदायिक वनलाई आवश्यक समन्वयका लागि अनुरोध समेत गरिएको छ ।
2024/06/17, 11:47
2024/06/16, 11:12
2024/06/14, 5:54
2024/06/14, 5:52
2024/06/14, 5:50
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2020/06/23, 10:21
2020/10/29, 6:51
2023/03/30, 12:06
2021/06/24, 4:32
2022/02/23, 5:05