धनगढीमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २७ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशालामा ३ सय ७७ जनाको परीक्षण गर्दा धनगढीका २७ जनामा कोरोना पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
उनका अनुसार सबैभन्दा वढी वडा नम्बर २ मा ७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी वडा नम्बर ५ मा ५ जना, वडा नम्बर १ मा तीन जना, वडा नम्बर ११ मा २ जना र वडा नम्बर ३ मा एक जना, ४ मा एक जना, ७ मा एक जना, १२ मा एक जना वडा नम्बर १६ मा एक जना र वडा नम्बर १८ मा पनि एक जनामा कोरोना पुष्टि भएको हो । वडा नम्बर नखुलेका चार जनामा पनि कोरोना पोजेटिभ आएको सुचना अधिकारी श्रेष्ठले बताए ।
2024/06/17, 11:47
2024/06/16, 11:12
2024/06/14, 5:54
2024/06/14, 5:52
2024/06/14, 5:50
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2020/06/23, 10:21
2020/10/29, 6:51
2023/03/30, 12:06
2021/06/24, 4:32
2022/02/23, 5:05