फेरि विवादमा मन्त्री आले, अश्लील गाली गरेको अडियो सार्वजनिक
2022/06/17, 12:52
 
aale

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल एअरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको छ। उक्त अडियो सार्वजनिक भएपछि उनको चर्को विरोध भइरहेको छ।

उनी एक पटक फेरि विवादमा आएका छन्। यसअघि पनि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो।