सुदुरपश्चिममा ९० जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’ (भिडियो सहित)
2020/05/19, 7:29
 
korona

धनगढी प्रयोगशाला मार्फत मंगलवार ९० जनाको कोरोना परीक्षण गरिएको छ । ९० जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । 

कैलाली ५४, बझाङ १३, बैतडी ६, दार्चुला ५, कञ्चपुर ४, बाजुरा तीन तथा अछाम दुई, काठमाडौँ, दाङ, बाँकेका एकरएक वटा नमुना परीक्षण गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कैलालीका ५ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अस्पतालका सूचना अधिकारी श्रेष्ठले कोरोना आशंकामा भर्ना भएका पाँचै जनाको धनगढी प्रयोगशालामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।

आईतबार कोरोना आशंकामा कैलालीका पाँच जना सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका थिए । उनीहरु मध्ये गौरीगंगा नगरपालिकाका २९ वर्षीय पुरुषमा ¥यापिड टेस्ट गर्दा एन्टीबडी देखाएको थियो । यस्तै कोरोना जस्तै लक्षण देखाएपछि आईतबार नै कैलालीको कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उप महानगरपालिका वडा नम्वर १३ का ३० वर्षीय पुरुष आइसोलेसनमा भर्ना भएका थिए । 

यस्तै पछिल्लो २४ घण्टामा एक सय ९९ जनाको ¥यापिड टेस्ट गरिएकोमा कसैमा पनि एन्टिबडी नदेखाएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।