भागरथी हत्या प्रकरणको अनुसन्धानपछि बढुवा भएका पदम र नरबहादुरलाई दर्ज्यानी चिन्ह प्रदान 
2021/02/25, 2:37
 
da

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या र धनगढीको जुगेडामा प्रहरीको हत्या घटनामा अनुसन्धानमा खटिएर बढुवा भएका दुई जना प्रहरीलाई दर्ज्यानि चिन्ह प्रदान गरिएको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले असइबाट सइमा बढुवा भएका पदम बहादुर थापा र प्रहरी जवानबाट हवल्दारमा बढुवा भएका नरबहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उनीहरुको प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गर्ने निर्णय गरेको थियो ।