धनगढीका २४ सहित सुदूरपश्चिमका थप ४४ जनामा कोरोना पुष्टि
2021/04/22, 2:54
 
cc

धनगढी : धनगढीका २४ सहित सुदूरपश्चिमका थप ४४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ६२ जनाको कोर।ेना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जना, कञ्चनपुरको पुनरवास नगरपालिकाका ५ जना, कैलालीको घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरीया गाउँपालिकाका तीन÷तीन जना, टीकापुर नगरपालिकाका दुई जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार कैलालीकै चुरे गाउँपालिका, जोशीपुर गाउँपालिका, डडेल्धुराको अमरगढी नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र बेतकोट नगरपालिका र डोटीको बडिकेदार गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालमा अहिले ३७ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।