कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना जना पक्राउ 
2021/04/22, 4:05
 
aa

कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका वडा नं ७ बस्ने विरबहादुर थापामगरलाई पक्राउ गरिएको हो ।

उनी र सोही ठाउँका ईन्द्र बहादुर वन्य जन्तु चोरी शिकारी गर्न शिवशंकर सामुदायिक वनमा गएको र शिकार गर्दा बन्दुक पड्किन गई ईन्द्रबहादुर घाईते भएका थिए ।

ईन्द्रबहादुरको उपचार भई रहेको छ भने विरबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए ।