धनगढीबाट खप्तड मालिका यातायातका अध्यक्ष र निवर्तमान अध्यक्षसहित ४ जना पक्राउ
2021/04/22, 5:34
 
aa

धनगढी : खप्तड मालिका यातायात प्रालिका अध्यक्ष दिलबहादुर खलौला र पूर्वअध्यक्ष अनन्तराज जोशीसहिच चार जना पक्राउ परेका छन् । दुई जना अध्यक्षसहित भरत बडेल र खड्कबादुर मल्ललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए । बसपार्क क्षेत्रमै झगडा गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको चौधरीले बताए । 

खलौला अध्यक्ष भएपछि जोशी समूहले अस्विकार गर्दै आएको थियो । सोही विषयमा उक्त यातायात प्रालिमा विवाद बढ्दै गएको थियो । 
खलौला समूहले बनाएको क्यू अनुसार जोशी समूहले गाडी चलाउन नमानेपछि आज बसपार्कमा हातहालाहाल भएको थियो ।