कैलाली र कञ्चनपुरमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु
2021/04/29, 12:35
 
aa

धनगढी : कैलाली र कञ्चनपुरमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहानै कैलालीमा तीन र कञ्चनपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनको कोरोना पुष्टि भएको १२ घण्टामै आज बिहान साढे १२ बजे मृत्यु भएको उनले जानकारी दिए । यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ बर्षीय पुरुष र घोडाघोडी–१० का ६० बर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, महाकाली नगरपालिकाका ३० बर्षीय युवकको साढे १२ बजे र भीमदत्त नगरपालिका–१८ की ३६ बर्षीया एक महिलाको बिहिबार बिहान साढे ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ । स्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाका अनुसार भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पनि पुष्टि भएको थियो । यस्तै ३० बर्षीय युवकलाई मंगलवार अस्पतालमा उपचारको लागि भर्ना गरिएको उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनी भारतबाट आएका थिए ।