भीम रावलको प्रश्न : दार्चुलामा भारतले ज्यादती गर्दा पनि प्रधानमन्त्री केपी र सरकार किन चुप ?
2021/06/12, 3:07
 
bb

पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले भारतले सीमाक्षेत्रमा ज्यादती गर्दा पनि प्रधानमन्त्री चुप बसेको बताएका छन् । रावलले भारतले दार्चुलामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने क्रममा गरिएको विस्फोटबाट व्यास गाउँपालिकामा घोडेटो बाटो क्षतिग्रस्त भएको उल्लेख गर्दै यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र सरकार किन चुप रु भन्दै प्रश्न तेर्साएका हुन् । 

उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गरेका हुन् । उनले देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्रधानमन्त्री र सरकार च्यूत भइसकेका हुन रु भन्ने पनि प्रश्न उठाएका छन् । उनले लेखेका छन्,“भारतले दार्चुला जिल्लामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको छ। यही क्रममा गरिएको बिष्फोटबाट व्यास गा.पा. मा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार छ। प्र.मं केपी र सरकार किन चुपरु कि देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्र.मं. र सरकार च्युत भइसकेका हुन्?”