बैतडी सदरमुकाममा पनि निषेधाज्ञा
2020/08/20, 3:27
 
Korona

बैतडी सदरमुकाममा आजदेखि निषेधाज्ञा गरिएको छ। कोरोना भाइरसको जोखिम बढेको भन्दै दशरथचन्द नगरपालिकाले आजदेखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञाका बेला अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए। 

निषेधाज्ञाका बेला नगर क्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइने। यस्तै नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीनदिन मात्रै खुल्ला राखिनेछ। यसैगरी गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाई पसल र कपडा पसलहरुल बिहान ७ देखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्रै खुल्ला राखिने चन्दले जानकारी दिए।  

यस्तै धार्मिक स्थलहरुलमा नित्य पूजा बाहेक भीडभाड हुने खालका सबै जात्रा,मेला स्थगित गरिएका छन् भने चाडपर्वहरु आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ। नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमीनारहरुमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। 

यस्तै नगरपालिका र ११ ओटै वडा कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुनेछन्। नगरपालिकाले गरेको निर्णयको कसैले उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने बताइएको छ।