सुदूरपश्चिमका थप ९२ जनामा कोरोना पुष्टि
2020/08/21, 2:41
 
Korona

कैलालीका ३४ सहित शुक्रवार सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको छ।

डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच सय २९ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले जानकारी दिए।

उनका अनुसार डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका दुई र जोरायल गाउँपालिकाका एक जना रहेका छन्। अछामको साँफेवगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १०, मेल्लेख गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको उनले बताए।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई र बैतडीको सिगास गाउँपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय २६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण देखिएको छ।

कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका चार पुरुष रहेका छन्।

धनगढी वडा नम्वर ३, ४ र ११ का एक÷एक जना, १२ का ११ जना, १३ का दुई जना, १४ का ५ जना, १८ का ६ जना र वडा नम्वर १९ का तीन जनामा संक्रमण पुष्टि भएको हो। उता अछामको बान्नीगढी जयगढका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।