कैलालीका थप १३ जनामा कोरोना पुष्टि
2020/08/22, 2:40
 
Korona

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिवार भएको परीक्षणमा कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नौँ सय एक जनाको कोरोना परीक्षण भएकोमा कैलालीका नौँ पुरुष र चार महिला गरी १३ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका सात जना, कैलारी गाउँपालिका वडा नम्वर ६ का तीन जना र भजनी नगरपालिका वडा नम्वर ७ का एक जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार धनगढीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ५१ बर्षीय पुरुष र वडा नम्वर ५ की ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।

शनिवार १३ जना संक्रमित थपिएसंगै कैलालीमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार चार सय १९ पुगेको छ। संक्रमण पुष्टि भएका एक हजार दुई सय बढिले कोरोना जितेको दावी गरिएको छ भने चार जनाको मृत्यु भएको छ।