सीमावर्ती भारतीय क्षेत्रमा दुई सय नेपालीको मध्यराति उद्धार
2020/05/20, 7:34
 
sima

कञ्चनपुरसंग जोडिएको सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई आज राति उद्धार गरिएको छ । भारतका विभिन्न शहरबाट आएका उनीहरु खटिमा हुदै महाकाली नगरपालिकामा आईपुगेका एक सय ९५ जना नेपालीलाई मध्यराति नेपाल ल्याईएको हो ।

उनीहरुलाई राति ११ बजेतिर त्यहाँबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारका लागि कुमार कन्स्ट्रक्सले टिप्पर उपलब्ध गराएको थियो । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टको पहलमा उनीहरुको उद्धार भएको हो । अझै पनि भारतीय सीमावर्ती बजार खटिमा, रुद्रपुर, बनवासा, पन्तनगर, काशीपुर लगायतका ठाउँमा डेढ हजार भन्दा नेपाली अलपत्र अवस्थामा छन् ।