सुदूरपश्चिममा थप ३२ जना कोरोना संक्रमित थपिए
2020/11/30, 6:59
 
corona

सुदूरपश्चिम प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ९८ जनाको परीक्षण गर्दा थप २४ जनामा कोराना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।  संक्रमण पुष्टी हुनेमा ११ महिला र १३ पुरुष रहेका छन । अस्पतालका सूचना  श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको छ ।

उनका अनुसार धनगढीको वडा नम्बर २ का २ जना र वडा नम्बर १, ४, ५ र ७ का १, १ जना  रहेका छन । कैलालीकै स्थानिय तह नखुलेका १ जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १३ जना र कृष्णपुर नगरपालिका १ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बझाङको मष्टा गाउपालिकाका, जयपृथ्वि नगरपालिका र दार्चुलाको महाकाली नगरपालिका १÷१ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशाला र अछामको कमल बजार प्रयोगशालामा ४÷४ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।