सुदूरपश्चिमको सान्त्वना जित
2021/01/24, 3:44
 
far

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश २ लाई पराजित गरेको छ । टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले ३ विकेटको जित निकालेको हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले १९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । 

सुदूरपश्चिमका लागि सञ्जु दमाइले सर्वाधिक ५७ रन बनाए । त्यस्तै खड्क बोहोराले ४३ रन बनाउँदा गजेन्द्र बोहोराले ३९ रन बनाए । जितका बावजुत सेमिफाइनलको होडबाट बाहिरी सकेको सुदूरपश्चिमका लागि यो सान्त्वना जितमात्र भएको हो । सुदूरपश्चिमले ४ खेलमा १ खेल जितेर समूह बीको चौथो स्थानमा छ भने तीन खेल खेलेर सबै खेलमा पराजय ब्यहोरेको प्रदेश २ तालिकाको पुछारमा छ ।