कञ्चनपुरमा अपहरणमा परेकाे भन्दै प्रेमी भेट्नमा मस्त १४ वर्षीया बालिका !
2021/03/14, 10:26
 
4

कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तरगत पुनर्वास नगरपालिका- २ मोतिबस्तीमा शुक्रबार अज्ञात समूहद्वारा एक बालिकालाई अपहरण गरी बलात्कार गरेको भन्ने खबर आयाे । तर उक्त अबर झुटो सावित भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

१४ वर्षीया बालिकाले साँझ डटपेन किन्न भनेर नजिकैको पसलमा जाने क्रममा अज्ञात समूहबाट आफू अपहरणमा परेको भनी प्रहरी समक्ष दिएको बयान बदलेकी छिन् ।

सुक्ष्म अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले भन्नुभयो,  ‘बालिकाले प्रहरी र परिवारलाई दिएको बयान शनिबार फेरेकी हुन् ।’
घटना केरकारका क्रममा उनले आफू कलम किन्ने निहुँमा साँझ घरबाट निस्केर प्रेमीसँग भेट्न गएको बताएकी छिन् । घर फर्किंदा अबेर भएको हुँदा घरमा मम्मीको डरले झुटो बोलेको बयान गरिन् । उनले घर नजिकै सडक छेउको नालीमा बसेर प्रेमीसँग कुराकानी मात्रै गरेको बताएकी छिन् ।

स्वास्थ्य परीक्षण रिपोर्ट पश्चात थप विवरण खुल्ने प्रहरीले जनाएको छ । झुटको कहानी लामो भएको बताउँदै प्रहरी निरीक्षक बिष्टले बालिका यसअघि पनि उक्त प्रेमीसँग लुकीछिपी भेट्ने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए ।

‘बालिकाले प्रहरी र घरपरिवारलाई झुक्याएकी रहिछन् । बालिकाका प्रेमीमाथि पनि थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने। अनुसन्धानका लागि प्रेमी पनि प्रहरीको नियन्त्रणमा नै छन् । न्यूज  २४ बाट