दार्चुलामा प्रधानमन्त्री रोजगार कार्यक्रममा तीन हजारले काम पाए
2021/04/22, 1:51
 
rr

दार्चुलाका ९ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तीन हजारले काम पाएका छन् । वर्षभरिमा एक सय दिन बराबरको रोजगार दिने गरी सबै स्थानीय तहले बेरोजगारलाई यो कार्यक्रममा सहभागी हुन सूचना गरेको थियो । जिल्लाभरिबाट १३ हजार ५ सय ३५ जनाले रोजगारीका लागि निवेदन दिएका थिए भने तीन हजार २ सय ४० जनाले अनुदान पाएका छन् । अनुदानका लागि जिल्लाका सबै स्थानीय तहमा १६ करोड ७४ लाख ८९ हजार बजेट निकासा भएको छ ।

ग्रामीण सडक निर्माण, घोडेटो बाटो निर्माण, सडक मर्मत, विद्यालयको घेरपर्खाल निर्माण, मन्दिर निर्माण, खानेपानी, सिँचाइ नहर निर्माणलगायत कार्यहरूमा यो कार्यक्रममार्फत ज्याला उपलब्ध गराउने गरी काम भइरहेको व्यास गाउँपालिकाअन्तर्गतको रोजगार सेवा केन्द्रका संयोजक रमेश भट्टले बताए ।