महाकाली अस्पतालबाट डडेल्धुरा रेफर भएका कोरोना संक्रमित शिक्षकको बाटोमै मृत्यु
2021/05/01, 5:30
 
dd

कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–७ बाबाथानस्थित एक विद्यालयका प्रध्यानाध्यापकलाई १५ गते सामान्य रुघाखोकी लाग्यो । उनलाई १६ गते महाकाली अस्पताल लगियो । १७ गते कोरोना पोजेटिभ भनेर रिपोर्ट आयो । कोरोना परीक्षणमा पोजेटिभ रिर्पाेट आएपछि आइसियू आवश्यक प¥यो । 
आइसियूको लागि सेती प्रादेशिक अस्पताल कैलालीमा ल्याउने तयारी थियो तर त्यहाँ बेड खाली नभएपछि डडेल्धुरा लैजाने तयारी भयो । २१ एम्बुलेन्सलाई फोन गरिएको भएपनि कुनै एम्बुलेन्सले पनि जान मानेन । अन्तइमा अक्सिजन बिनाको एम्बुलेनसमा उनलाई उपचारको लागि डडेल्धुरा लगियो । तर अक्सिजन नभएको एम्बुलेन्स भएका कारण उनको अक्सिजन अभावकै कारण डडेल्धुरा नपुग्दै बाटोमै मृत्यु भएको छ । 

यसैगरी कञ्चनपुरमा तिन दिन अगाडि बिरामी भएकी भृकुटी माविकी शिक्षिकाकोे पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीन दिन अघि बिरामी भएकी भुकुटी माविकी शिक्षिकका पनि अक्जिसन र उचित उपचार अभावमा मृत्यु भएको हो ।