सुदूरपश्चिमका नौवटै जिल्लामा फैलियो लम्पी स्किन रोग, करिब एक हजार गाईभैँसी मरे
2023/04/22, 5:37
 
ss

सुदूरपश्चिमका नौवटै जिल्लामा लम्पी स्किन फैलिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। गाई र भैँसीमा देखा पर्ने लम्की स्किन रोग ९दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली० जिल्लामा फैलिएको मन्त्रालयले जनाएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुचिकित्सक डा। हेमराज अवस्थीका अनुसार प्रदेशभर फैलिएको यो रोगका कारण डोटीमा ५७ वटा जनावर मरिसकेका छन्। कैलालीमा गत वर्ष देखा परेको यो रोग निरन्तर फैलीरहेको छ। गत वर्ष मात्र ५ सय बढी र यो वर्ष एक सय बढी पशुमा यो रोग लागि सकेको पशुचिकित्सक अवस्थीले जानकारी गराए। कञ्चनपुरको दोधरा–चाँदनीमा मात्र ५० भन्दा बढी पशुमा यो रोग लागिसकेको छ ।

सुदूरपश्चिमका नौवटै यो रोगबाट हालसम्म करिब एक हजार गाईभैँसी मरिसकेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ। चैतयता डडेल्धुरा, डोटी, बैतडी र दार्चुलामा यो रोग बढी फैलिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा। नरेशप्रसाद जोशीले जानकारी दिए । डडेल्धुराको भागेश्वर, पर्शुराम, आलिताल क्षेत्र, डोटीको जोरायल, बैतडीको पाटन र दार्चुलाको गोकुले क्षेत्रमा केही सातायता लम्की स्किन रोग व्यापक मात्रामा फैलिएको उनले बताए ।

नमुना संकलन गरेर केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा लम्की स्किन पुष्टि भएको जोशीले बताए । यो रोगबाट सुदूरपश्चिममा अहिले हजारौँ चौपाया संक्रमित छन् । रोगले कतिपय किसानका गाईगोठ रित्तिएका छन्,’ उनले भने ‘नयाँ रोग भए पनि सुदूरपश्चिमका नौवटै जिल्लामा देखिएको छ ।’ सबैभन्दा बढी क्षति डडेल्धुरामा भएको उनले जानकारी दिए । ‘लम्पी स्किन’ नामक नयाँ संक्रामक रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी हुने र मर्ने दर बढ्न थालेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको पशु सेवा विभाग र प्रदेशस्थित कृषि मन्त्रालयको तथ्यांकअनुसार दुई वर्षअघि भित्रिएको यो रोग देशभरका ४९ जिल्लामा पुगिसकेको छ ।

अहिलेसम्म १४ हजार तीन सय ६६ गाई, भैँसी र गोरु यो रोगका संक्रमणमा परेको केन्द्रीय पशुपक्षी अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ । तर, यो रोगबाट लाखौँ पशुचौपाया संक्रमित भएको प्रारम्भिक अनुमान छ । १० असार ०७७ मा मोरङको सुन्दर हरैँचा नगरपालिकामा रहेका किसानका गाईमा पहिलोपटक ‘लम्की स्किन’ रोग देखा परेको थियो । सुुरुका दिनमा नियन्त्रणका लागि सरकारले खासै चासो नदिएपछि अहिले यो रोगले महामारीको रूप लिएको हो । सुरुमा अफ्रिकी देशमा देखिएको यो रोग बिस्तारै म्यानमार, थाइल्यान्ड, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो ।

यस्ता छन् रोगका लक्षण
यो रोगको संक्रमण भएपछि गाई, भैँसीको घाँटी र पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा ९१ देखि ५ सेन्टिमिटरभन्दा ठूलो० देखिने, १ सय ५ डिग्रीभन्दा बढी ज्वरो आउने, कचेरा र सिंगान बग्ने, मुखबाट फिँज धेरै निकाल्ने, खानेकुरा नखाने हुँदा ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने समस्या देखिने पशु सेवा विभागले जनाएको छ । रोगका कारण ४५ प्रतिशत गाईभैँसीमा संक्रमणको असर बढी देखिने तथा १० प्रतिशत गाईभैँसी मर्न सक्ने विभागले जनाएको छ ।

यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्ने गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव रामनन्दन तिवारीले जानकारी दिए । ‘उड्ने किराले संक्रमण फैलाउने गरेका छन् । यसबाहेक संक्रमित गाई, भैँसीको ओसारपसारबाट समेत रोग सर्ने गरेको छ,’ उनले भने । उनका अनुसार यो रोग मूलतः दुधालु गाई, भैँसीमा छिटो संक्रमण हुने प्रकृतिको छ ।पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा। मुकुल उपाध्यायले क्याप्रिपक्स भाइरसका कारण गाईभैँसीमा अत्यधिक संक्रमण गराउने सीमाविहीन रोग भएको बताए । ‘यस रोगमा मृत्युदर कम भए पनि यसले दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सिर्जना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ,’ उनले भने । लम्की स्किन रोग फैलिन थालेपछि सरकारले निथलिङ्ग स्टे«न भएको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छ ।

यसको मूल्य सात सय रुपैयाँसम्म पर्ने जनाइएको छ । भेटेरिनरी औषधि व्यवसायी दिवेश थापाले स्वीकृत वर्गमा पर्ने ‘लम्पी सिल्ड–एन’ भ्याक्सिन प्रतिडोज दुई सय रुपैयाँमा उपलब्ध गराइरहेको बताए । सरकारले भ्याक्सिनका लागि अहिलेसम्म अनुदान उपलब्ध गराउने घोषणा गरेको छैन । स्थानीय र प्रदेश सरकारले समन्वय गरी भ्याक्सिन खरिद गरेर किसानलाई वितरण गर्न सक्ने कृषि मन्त्रालयले जनाएको छ । अहिलेसम्म लम्पी स्किनको ठ्याक्कै उपचार विधि पत्ता लागिसकेको छैन । लक्षणअनुसारको उपचार गरेर यो रोग नियन्त्रण गर्न सकिने तिवारीको भनाइ छ । ‘ज्वरो आएको पशुलाई सोहीअनुसार औषधि खुवाउने, कचेरा र सिँगान बगेको पाइए सोहीअनुसारको औषधि र उपचार गर्नुपर्छ,’ उनले भने, ‘अलि समय कुनै उपचार नगरे लम्की स्किन रोगले आकार लिने हो ।’