कोरोनाको सङ्क्रमण बढेसँगै समुदायस्तरमा  युवाको सक्रियता
2021/05/19, 3:47
 
dd

कोरोनाको सङ्क्रमण बढेसँगै समुदायस्तरमा युवा सक्रिय हुन थालेका छन् । यहाँका युवाले बिरामीका लागि अक्सिजन  आपूर्तिका लागि रकम सङ्कलन गर्ने, औषधि घरसम्म पु¥याउने, अस्पतालमा बिरामीलाई खान तथा खाजाको व्यवस्थापन जस्ता काममा व्यस्त थालेका हुन् ।

कैलालीको भजनी नगरपालिकामा एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र छ । दुईजना मात्र मेडिकल अधिकृत । दुवै जना स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचार गर्नाका साथै कोरोना सङ्क्रमितको उपचारमा पनि तिनै चिकित्सक खटिने गरेका छन् । अक्सिजन अभावका कारण बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्दै भजनीका युवाले सामाजिक सञ्जालमार्फत (बाचौँ र बचाऔँ)  अभियानमार्फत आर्थिक सहयोगको आह्वान गरेका छन् । त्यसबाट सङ्कलन भएको रकमले अक्सिजन आपूर्ति गर्नाका साथै स्वास्थ्य सामग्री खरीद गरी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्दै आएका छन्  ।

अभियन्ता सुरेन्द्रप्रसाद जैसीले अक्सिजनको आपूर्तिमा सहजताका लागि सामाजिक सञ्जालमार्फत गरिएको आह्वानबाट हालसम्म करीब पाँच लाख सहयोग सङ्कलन भएको जानकारी दिए । “भजनीमा अक्सिजनको अभावका कारण कुनै बिरामीले ज्यान गुमाउन नपरोस् भनेर अभियान शुरु गरेका हौँ”, अभियन्ता जैसीले भने, “अहिलेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई  दुई सानो र दुई ठूलो अक्सिजन सिलिण्डर खरीद गरी हस्तान्तरण गरिसकेका छौँ । हामीले दुई ठूलो अक्सिजन सिलिण्डर धरौटीमा खरीद गरेका छौँ । त्यसको रकम सङ्कलन हुँदै जाँदा बुझाउने सहमति भएको छ ।”

स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत भगवान श्रेष्ठले अधिकांश सङ्क्रमितहरुलाई अक्सिजनको सहयोगमा राख्नु परिरहेको बताउँदै अक्सिजनको चरम अभाव रहेको बताए ।  “हामीसँग १७ वटा सानो र पाँचवटा ठूलो अक्सिजन सिलिण्डरहरु छ । त्यो पर्याप्त छैन”, श्रेष्ठले भने, “रिफिलका लागि पठाएका सिलिण्डरहरु पनि भरी आउँदैन । बिरामीलाई बचाउन हामीलाई निकै सकस हुँदै आएको छ ।” भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेसम्म सातजना कोरोना सङ्क्रमितको ज्यान गइसकेको  छ ।

त्यस्तै, युवा सङ्घ नेपालले टीकापुर अस्पतालमा आउने बिरामी र बिरामीका कुरुवालाई खाना र खाजाको व्यवस्था गर्दै आएको छ । युवा सङ्घ नेपालका स्थायी कमिटी सदस्य अशोक रावलको नेतृत्वमा युवाहरूले बिरामी र कुरुवाको खाना र खाजाको व्यवस्था गर्दै आइरहेका छन् ।  “यो निकै अप्ठ्यारो अवस्था हो । अहिले बिरामीलाई घरबाट खाना ल्याउनसमेत सम्भव छैन भने कुरुवाले बिरामीलाई छोड्न सक्ने पनि”, रावलले भने, “हामीसँग जति जे छ त्यसै अनुसारको व्यवस्था मिलाएर काम गर्दै आएका छौँ ।

हाम्रो सानो सहयोगले कसैलाई ठूलो राहत मिल्छ भने किन सहयोग नगर्ने ?” उनले हप्तामा पाँच÷पाँचजनाको समूह बनाएर काम गर्दै आएको बताउँदै अभियान कोरोनाको अहिलेको अवस्था सामान्य नहुँदासम्म निरन्तर रहने बताए ।

सामाजिक सञ्जालमार्फत टीकापुरका युवाले रकम सङ्कलन गरी अस्पताललाई अक्सिजन सिलिण्डर  रिफिल गरी सहयोग गर्दै आएका छन् । अभियन्ता नृपबहादुर रावले अस्पतालमा बिरामीको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । “जस्ले जति सक्छ स्वस्फुर्त रुपमा सहयोग गर्न सक्छन् । त्यही सङ्कलन भएको सहयोग रकमले अस्पताललाई चाहिने स्वास्थ्य सामग्री र अक्सिजनमा सहयोग गर्दै आएका छौँ, रावले भने, “यो अभियान निरन्तर छ । हामीले  स्वस्फुर्त रुपमा समुदायमा युवाले गर्नुपर्ने जिम्मेवारीको मात्रै बहन गरेका छौँ ।”

लम्कीचुहा नगरपालिकामा युवाले पूर्व पश्चिम राजमार्गमा हेल्थ डेस्क सञ्चालन गर्दै आएका छन् । उनीहरुले आवतजावत गर्ने यात्रुहरुलाई मास्क, स्यानिटाइजर, अलपत्र परेकाको उद्धार गरी घरसम्म पु¥याउनाका साथै अत्यावश्यक औषधिहरू घरसम्म पु¥याउने व्यवस्था मिलाएका छन्।

अभियानका सदस्य प्रकाश खनालले हेल्थ डेक्स सञ्चालन भएपछि नागरिकलाई धेरै सहज भएको बन्दै  अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गरी बिरामीलाई अस्पतासम्म पु¥याउने कामसमेत गर्दै आएको बताए ।   “हामी चार÷पाँचजना युवाले अभियान शुरु गरेका थियौँ । अहिले थुप्रै जोडिनुभएको छ । बाहिरबाट पनि सहयोग हुँदै आएको छ ।” खनालले भने , “आफू पनि सुरक्षित रहने र अप्ठ्यारोमा परेकाको  गन्तव्यसम्म पु¥याउँदै आएका छौँ ।”

उनले अरूले गरिदेला भनेर आशमा बस्नुभन्दा यस्तो महामारीको समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सकिने सहयोग गरे समस्यामा परेकालाई ठूलो राहत मिल्ने बताए ।  युवाले  समाजप्रति देखाएको सहानुभूतिले नागरिकमा युवाप्रति विश्वाससमेत बढ्न थालेको छ । अहिले कुनै समस्या पर्दा अस्पताल पुग्नुभन्दा पहिले युवासँग नागरिकले समन्वय गर्न थालेका छन् ।