हराउँदै ‘कौह्रा’ मा आगो ताप्ने चलन
2024/11/24, 11:16
 
kk

केही दशकअघिसम्म थारूको बसोबास रहेको ग्रामीण क्षेत्रको हिउँदे बिहानी गुलजार हुन्थ्यो । घरका ‘किसनुवा’ ९घरमूली० देखि लिएर बुढाबुढी, बालबच्चा ‘खेन्हुवा’ धान राखिएको ठाउँ मा ‘कौह्रा’ परालको आगो ताप्दै चिसो बिहानीलाई न्यानो बनाउने गर्दथे । उनीहरू कौह्रामा वह्रा मकै भुटेर खान्थे, रमाउँथे । गोरुले धान दाइँ गर्ने व्यक्तिदेखि लिएर धान केलाउने महिला काम सकेर हात सेक्ने, शरीर न्यानो बनाउने र मिठा मिठा बात मार्ने थलो बनेको थियो कौह्रा तर आदिवासी जनजाति थारू समुदायको मौलिक पहिचान झल्काउने यो चलन अचेल लगभग हराइसकेको छ ।

खेतीपाती गर्ने तौरतरिकामा आएको परिवर्तनका कारण उहिले गाउँघर, परिवारमा एकता र रौनकता थपेको कौह्रा अहिले हराउन थालेको हो । “अहिले जुगै अर्कै आएको छ,” एक्लै कौह्रामा आगो ताप्दै गरेको भेटिएका धनगढी उपमहानगरपालिका–८ का ६८ वर्षीय ज्येष्ठ नागरिक लखपति चौधरीले भन्नुभयो, “अब यो सब हराइरहेको छ । न खेन्हुवा छ न त माली दाइँ हुन्छ ९गोरुले धान दाइँ गर्ने कार्य० । अचेल सबै काम मेसिनले गर्न थालेको छ ।”

थ्रेसिङ गर्ने आधुनिक मेसिन नआएको बेलासम्म किसानले धान भित्र्याउने एक मात्रै माध्यम थियो माली दाइँ । उनीहरू पुस, माघसम्म गोरुले धान दाइँ गर्ने र भित्र्याउने काम गर्दथे । त्यसक्रममा हरेक बिहान खेन्हुवाँमा कौह्रा बालिन्थ्यो तर अचेल धेरै जसो काम मेसिनले गर्न थालेपछि किसानले गोरु पाल्न र गोरुबाट काम लिन छोड्न थालेका छन् ।