नेपाल तरुण दल कैलाली क्षेत्र नं. ४ को सभापतिमा भट्टराई
प्रदेश सभा ‘क’ को सभापतिमा बल बहादुर बोहरा र ‘ख’ को सभापतिमा वेद प्रकाश पाण्डेय मनोनित
2024/11/26, 5:04
 
nepal darun dal

 नेपाल तरुण दल कैलाली क्षेत्र नं. ४ को सभापतिमा शिवराज भट्टराई मनोनित भएका छन । तरुण दलको जिल्ला कार्यसमिति कैलालीले भट्टराईलाई क्षेत्र नं. ४ को सभापतिमा मनोनित गरेको हो ।

यसैबिच जिल्ला कार्यसमितिले कैलाली क्षेत्र नं. ४ प्रदेश सभा ‘क’ को सभापतिमा बल बहादुर बोहरा र प्रदेश सभा ‘ख’ को सभापतिमा वेद प्रकाश पाण्डेयलाई मनोनित गरेको छ ।

तरुण दलका जिल्ला कार्यसमिति सभापति निराजन खड्काद्धारा हस्ताक्षरित पत्रमा तरुण दलको निति, सिद्धान्त र आदर्श र विद्यानमा रही काम गर्ने विश्वास सहित मनोनित गरिएको बताईएको छ ।