
कैलाली र कञ्चनपुरका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ७५ जनाको कोरोना परीक्षण भएकोमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ र ३ का पाँच/पाँच जना, वडा नम्वर ८ का दुई जना, वडा नम्वर ५ र १६ का एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
लम्की चुहा नगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका दुई जना र कञ्चनपुरको बेलौरीका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सेती प्रादेशिक अस्पतालमा अहिले ८ महिला र १४ पुरुष गरी २२ जना संक्रमितको उपचार भईरहेको छ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 6:46
2024/12/02, 11:54