सुदूरपश्चिम समाज कोरिया र निसर्ग हस्पिटलबीच स्वास्थ्य सहकार्य सम्झौता
2025/07/28, 12:35
 
ss

सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र सुदूरपश्चिम समाजदक्षिण कोरिया बीच दुई वर्षे औपचारिक सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको छ।

सम्झौताअनुसारसुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी जिल्लाहरूमा संयुक्त रूपमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। यस अन्तर्गत निसर्ग अस्पतालले विशेषज्ञ चिकित्सकहरूको टोली खटाउनेछ भने सुदूरपश्चिम समाजकोरियाले व्यवस्थापन तथा समन्वयमा सहजीकरण गर्नेछ।

स्वास्थ्य शिविरबाहेकप्रत्येक महिना समाजको आधिकारिक फेसबुक पेज वा अन्य डिजिटल माध्यममार्फत भर्चुअल स्वास्थ्य परामर्श सेवा पनि सञ्चालन गरिनेछ। बालरोगस्त्रीरोगछालारोगमानसिक रोग तथा मुटुरोग सम्बन्धी विषयमा विशेषज्ञहरूसँग परामर्श गर्न सकिनेछ।

यस सम्झौताबाट सुदूरपश्चिम समाजकोरियाका साधारण सदस्यहरू तथा तिनका परिवारलाई निसर्ग अस्पतालमा विशेष छुट सुविधा प्रदान गरिने भएको छ।अस्पतालका विभिन्न सेवाहरू— जस्तै जनरल बेड,  आईसीयूएनआईसीयूक्याबिनएम्बुलेन्सएक्स–रेइकोप्याथोलोजीदन्त उपचार र औषधिमा २० प्रतिशतसम्मको छुट प्रदान गरिनेछ।

सम्झौतापत्रमा निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त र सुदूरपश्चिम समाजदक्षिण कोरियाका अध्यक्ष महेश भट्टले हस्ताक्षर गरेका छन्। कार्यक्रममा निसर्ग अस्पतालका कार्यबाहक अध्यक्ष हेमन्त ओझासुदूरपश्चिम समाजका पूर्व अध्यक्ष तथा अन्कुर नेपालका संयोजक धर्मराज जोशीपरिश्रमी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अक्कल बहादुर सिंह लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

दुवै पक्षले यो सहकार्यले सुदूरपश्चिम भेगमा स्वास्थ्य पहुँच अभिवृद्धि गर्नुका साथै प्रवासी नेपाली समाज र मातृभूमिबीचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।