प्रधानमन्त्री ओलीले संबिधान कुल्चे : रावल
2021/01/30, 3:00
 
b

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले केपी शर्मा ओलीले आफैले हस्ताक्षर गरेको संबिधान कुल्चेको आरोप लगाएका छन् ।

ओलीले संसद बिघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) द्धारा धनगढीमा जारी विरोध सभालाई सम्बोधन गर्दै नेता रावलले केपी शर्मा ओलीले संसद बिघटन गरेर संबिधान बिघटनसंगै नेकपालाई बिसर्जन गर्न खोजेको आरोप लगाए ।

बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुहोस्, सुदूरपश्चिममा जन्मेको म त्यही केटोले प्रदेशलाई तपाईंको कर्तुतका विरुद्धमा जुरुक्क उठाएको छु,’ उनले भने। रावलले आफैंले हस्ताक्षर गरेको संविधानलाई कुल्चेर ओलीले जनताको अधिकारलाई कमजोर पारी किर्ते गरेको आरोप लगाए।

निर्वाचनमा तत्कालीन एमाले र माओवादी मिलेका बेला सबैले भोट दिएको स्मरण गर्दै उनले ओली प्रधानमन्त्री भएको सरकारले मिचिएकफ भूमि फिर्ता ल्याउने ठानेको भए पनि त्यसो नगरेको बताए । ‘लिम्पियाधुरा, लिपुलेक प्रधानमन्त्रीले फिर्ता ल्याउनुहुनेछ,  समाजवाद उन्मुख अर्थतन्त्रको सुरुवात हुने ठानेका थियौं तर पाँच वर्षका लागि जनताले जनमत दिएकोमा त्यसको ओलीले अपमान गर्नुभएको छ, प्रतिनिधिसभाको विघटनको विरुद्धमा यो आवाज घन्केको छ,’ उनले भने।

नेकपालाई बिसर्जन गरी ओलीले पार्टीप्रति विश्वासघात गर्न १५०१ को केन्द्रीय कमिटी बनाएको भए पनि  निर्वाचन आयोगले खारेज गरिदिएको उनको भनाइ थियो। किसानलाई विस्थापित हुनेगरी विदेशी कम्पनीलाई फाइदा हुने गरी ओलीले षड्यन्त्र गरेको रावलले आरोप लगाए।