
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको नभई सरकारलाई साथ दिएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको समर्थन गरेका कारण आफू ओलीपक्षीय भेलामा उपस्थित भएको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको भेलामा पूर्वमाओवादी खेमाका भट्ट पनि उपस्थित भएका थिए । भेलामा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उद्योगमन्त्री भट्टले भेलालाई सम्बोधन गरेका थिए । भेलामा मन्त्री भट्टले आफ्नै पार्टीबाट सरकारलाई काम गर्न नदिएको गुनासो गरे ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/06/05, 5:09
2022/01/20, 12:11
2023/02/07, 12:37