
बैतडीको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स साेमबार राती दुर्घटनामा परेको छ । डिलाशैनी गाउँपालिकाको गण्न्नामा बिरामी छोडेर गाउँपालिका तर्फ आउँदै गरेको एम्बुलेन्स महकाली लोकमार्गको सतबाँझ –गोकुलेश्वर सडक खण्डको दोगडाकेदार गाउँपालिका ५ चम्तडी भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ना. अ. ९८८ नम्बरको एम्बुलेन्स सडकबाट करीब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । एम्बुलेन्समा चालक मात्रै रहेकाे र उनी सकुशल रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा परेको एम्बुलेन्स पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/28, 10:20
2021/07/26, 10:22
2022/04/21, 10:49
2023/05/19, 7:22