लेखराजबारे सुदूरपश्चिका मुख्यमन्त्रीले भने, ‘कसैको दास बन्न सकिन्न’
2020/12/28, 12:18
 
a

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले वर्तमान प्रदेश सरकार सुरक्षित रहेको बताएका छन् । प्रदेश सरकार धरापमा परेको टिप्पणी हुन थालेको अवस्थामा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । एपिवान टेलिभिजनमा अन्तरवार्ता दिदै मुख्यमन्त्री भट्टले आफ्नो सरकार सुरक्षित रहेको र कसैले हल्लाउन नसक्न्ने बताए । उनले आफूविरुद्ध हस्ताक्षर संकलन भएको कुरा झुठो भएको बताउँदै अहिलेको सरकार यथावत रुपमा अगाडि बढ्ने दावी गरे । 

नेकपाका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको साथ छोड्नुको कारणबारे बताउँदै उनले भने, ‘मलाई सडकबाट उठाएर कसैले यो ठाउँबाट पुगाएको होईन । मेरो पनि यो पार्टीमा योगदान छ कसैको आशिर्वादले मात्रै म मुख्यमन्त्री भएको होईन् । ३० औँ बर्ष यो पार्टीमा मेरो लगानी छ । कुनै व्यक्तिको कुरामा मात्रै म महत्व दिदैन् ।’ लेखराजबारे बताउँदै मुख्यमन्त्री भट्टले कसैको दास बन्न नससिकने समेत बताए ।