
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबार कोरोनाको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका १८ की ५० वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा १५५ नमुना परीक्षण गरिएकोमा २१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अस्पतालबाट ५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ३ जना भर्ना भएका छन्।
हाल अस्पतालमा १८ जना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

2025/07/21, 11:43
2025/07/21, 11:35
2025/07/21, 11:33
2025/07/21, 11:28
2025/07/21, 11:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/05/29, 5:56
2022/01/11, 11:38
2023/01/27, 12:43