
बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ। भलिबल प्रतियोगिता तिहारपछि हुने भएको हो।

प्रत्येक बर्ष दशरथचन्द नगरपालिकामा नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको मेनेजर तेजबहादुर चन्द ट्रष्टले यो बर्षदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए। प्रतियोगितामा दशओटै पालिकाका टीमको सहभागिता रहने जनाइएको छ।
प्रतियोगितामा पहिलो हुने टीमले नगद १ लाख २५ हजार पुरस्कार पाउनेछ भने दोश्रो हुने टीमले नगद ७५ हजार र तेश्रो हुने टीमले नगद ३५ हजार पुरस्कार पाउने ट्रष्टका अध्यक्ष ग्रिस चन्दले बताए। यस्तै प्रतियोगितामा ३ विधामा उत्कृष्ट खेलाडीहरुलाई ५ हजारका दरले नगद पुरस्कार वितरण गरिने पनि बताइएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31