सुदूरपश्चिममा बुहारीको आदेशमा नयाँ मन्त्रीको नियुक्ति भएको भन्दै प्रचण्डप्रति आक्रोश व्यक्त
2021/05/29, 1:07
 
आ

माओवदी केन्द्रको सुदूरपश्चिमको आन्तरिक विवाद छताछुल्ल भएको छ । शुक्रबार मन्त्री नियुक्त गर्दा प्रदेश पार्टी कमिटीमा छलफल नै नगरी नियुक्त गरेको भन्दै नेकपा माओवादी केन्दकी पूर्व सांसद तथा केन्द्रीय सदस्य मन्जु बमले आक्रोश पोखेकी छन्।  

उनले प्रचण्डले बुहारीको आदेशमा सिधै मन्त्री नियुक्त गरेको भन्दै आरोप लगाएकी छिन् । उनले लेखेकी छन् 'कमरेड प्रचण्ड अब त निद्राबा बिउँझनुस्। तपाई कस्को बैशाखिमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ ? निश्चित पनि सुदूरपश्चिमको पार्टी  इन्चार्जबिहीन हुँदा तपाईं नै सुदूरपश्चिप प्रदेश ईन्चार्ज हो । यहाँको पार्टीलाई जोगाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने इमान्दार कार्यकर्तालाई किनारा लगाएर बारम्बार  वरिपरि परिक्रमा गर्ने एक दुईजनाले भनेको भरमा पार्टी चलाउने कि अधिकांश नेताकार्यकर्ताको पनि सुझाव लिने ? तपाईले सुदूरपश्चिमलाई हदैसम्म हेप्नु भो ।’ 

त्यस्तै उनले विगतमा लेखराज भट्टको कुरा सुनेर एकलौटी निर्णय गरेको र इमान्दार कार्यकर्ताको कत्लेआम गर्नमा साथ दिएको आरोप समेत लगाएकी छिन् । 

उनले लेखेकी छिन्, ‘आज बुहारीका कुरा सुन्दै हुनुहुन्छ। एक दिन अवश्य पछुताउनु पर्नेछ, जुन दिन निकै ढिलो भैसकेको हुनेछ । भीरबाट हामफाल्नेलाई राम राम त भन्न सकिएला काँध थाप्न त सकिँदैन...।’

सुदूरपश्चिममा शुक्रबार एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।