
नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका मतदान सुरु भएको छ। चार दिनअघि अधिवेशन सुरु भए पनि मतदान ढिला गरी सोमबार भइरहेको हो ।

धनगढी स्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा शुक्रबार उद्घाटन गरिएको अधिवेशन अन्तर्गत चार दिनपछि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार दिउँसो १ बजेसम्म मतदान चल्ने छ।
एमाले कैलालीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित प्रतिस्पर्धामा छन् । यसअघि आइतबार बिहान ८ बजेका लागि तोकिएको मतदान निर्वाचन समितिले प्राविधिक कारणले भन्दै दिउँसोसम्म सारेको थियो।

तर साँझसम्म मतदान प्रक्रिया सुरु नभएपछि आक्रोशित प्रतिनिधिले मतदान स्थल तोडफोड गरेका थिए । दुई पक्षबीचको विवादका कारण निर्वाचन समितिले सोमबारसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08