धनगढी पोष्ट पत्रिकाको अनलाइन संस्करण सुरु
2020/06/07, 8:13
 
dhangadhi post

धनगढीबाट प्रकाशन हुदै आएको धनगढी पोष्ट पत्रिकाले अनलाइन संस्करण सुरु गरेको छ। २०५९ सालदेखि साप्ताहिक हुँदै दैनिक प्रकाश हुदै आएको धनगढी पोष्ट राष्ट्रिय दैनिकले अनलाइन संस्करण सुरु गरेको हो।

धनगढी पोष्टका संस्थापक समेत रहेका सञ्चालक एवंम् प्रधान सम्पादक कर्ण शाहले प्रविधिको विकाससँगै पत्रिकाको अनलाइन संस्करण सुरु गरिएको बताए। उनले डिजिटल मिडियालाई व्यवस्थित गरी व्यवसायिक रुपमा प्रविधीको पहुँचमा रहेका नागरिकलाई सूचना प्रवाह गर्ने उद्देश्य अनुसार अनलाइन संस्करणको सुरुवात गरिएको जनाए। अनलाइन संस्करणसँगै छापा पत्रिकालाई समेत निरन्तरता दिईने उनले बताए।

२०५९ सालमा साप्ताहिक पत्रिकाका रुपमा प्रकाशन सुरु गरेको धनगढी पोष्टले २०६० देखि दैनिक प्रकाशन थालेको थियो। पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवंम् पूर्व सुदूरपश्चिम संयोजक समेत रहेका मनमोहन स्वार, पूर्व केन्द्रीय सदस्यद्धय कर्ण शाह र प्रकाश शाह लगायतका पत्रकारले धनगढी पोष्ट प्रकाशनमा ल्याएका थिए।